Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपसभामुखमा उम्मेदवार रुवीकुमारी ठाकुर : ‘ठूलो जिम्मेवारी पाएँ, पूरा गर्न सक्छु’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर ले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताएकी छन् ।

बिहीबार उम्मेदवारी दर्तापछि पत्रकारसँग कुराकानी गर्दै उनले यो जिम्मेवारी पूरा गर्न सक्षम रहेको विश्वास व्यक्त गरिन् ।

“म अध्यक्षज्यूलाई धन्यवाद दिन चाहन्छु, भुँईको मान्छेलाई यति माथिसम्म पु¥याउनुभयो । मैले कल्पना पनि गरेको थिइनँ,” उनले भनिन्, “जिम्मेवारी ठूलो छ, तर म सक्छु । देशका लागि आवश्यक सबै काम गर्नेछु ।”

उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेर आफूलाई ‘सरप्राइज’ दिएको पनि उल्लेख गरिन् ।

“रास्वपाले समर्थन गर्ने कुरा थिएन, तर उहाँहरूले समर्थन गरेर सरप्राइज दिनुभयो, धन्यवाद दिन चाहन्छु,” उनले भनिन्, “म मधेसको छोरी हुँ, मधेसको छोरीलाई अगाडि बढाउन सहयोग गर्नुभएको होला ।”

ठाकुरले रास्वपाको समर्थनमा बिहीबार संघीय संसद सचिवालयमा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४