Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत १९ मा संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गर्ने सरकारको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १६ २०८२
  • 1.5K
    SHARES

काठमाडौँ । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत्र १९ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए ।

बैठकले संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने र संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो । चैत्र १९ गते बिहीबारका दिन अपराह्न २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिए ।

सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको पनि बताए ।

प्रवक्ता पोखरेलकाअनुसार संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा बन्ने समितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू रहनेछन् । उक्त समितिले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनका लागि बहस पत्र तयार गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४