Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले दलित र बहिष्कृत समुदायसँग औपचारिक माफी माग्ने निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १५ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायसँग सार्वजनिक माफी माग्ने निर्णय गरेको छ।

शुक्रबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूचीको पाँचौं बुँदामा राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसरबाट वञ्चित गरिएका अवस्थाको औपचारिक स्वीकारोक्ति गर्दै क्षमायाचना गर्ने उल्लेख गरिएको छ।

सरकारले १५ दिनभित्र औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने निर्णयसमेत गरेको छ।

यस निर्णयलाई दलित अधिकारकर्मीहरूले सकारात्मक रूपमा लिएका छन्। दलित अभियन्ता हिरालाल विश्वकर्माले भने, “राज्यले पहिलोपटक उत्पीडन स्वीकार गर्दै माफी माग्ने तयारी गर्नु महत्त्वपूर्ण उपलब्धि हो। ऐतिहासिक रूपमा भएका अन्यायलाई स्वीकार नगरी सुधार सम्भव हुँदैन। अस्ट्रेलिया, क्यानडा, न्यूजिल्यान्डजस्ता देशले पनि आदिवासी समुदायसँग माफी मागेर सुधार प्रक्रिया अघि बढाएका छन्।”

नेपाललाई २०६३ जेठ २१ गते जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिए पनि अहिलेसम्म राज्यले औपचारिक रूपमा क्षमायाचना गरेको थिएन।

अभियन्ताहरूले भने, माफी मात्र पर्याप्त नभई व्यवहारिक सुधार आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४