Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ भन्दै एमालेको विरोध, देशभर प्रदर्शन घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०८२
  • 684
    SHARES

काठमाडौं — नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक को गिरफ्तारीलाई ‘गैरकानुनी’ भन्दै कडा आपत्ति जनाएको छ। पार्टीले यसविरुद्ध कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

उपाध्यक्ष रामबहादुर थापा बादल को अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि महासचिव शंकर पोखरेल ले गिरफ्तारीलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही भएको दाबी गर्दै निन्दा तथा विरोध व्यक्त गरेका छन्।

एमालेले ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ। साथै, आज अपराह्न ३ बजे देशभरका सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने र भोलि जिल्ला कमिटीको आयोजनामा प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

सचिवालय बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दल, नागरिक समाज तथा आम जनसमुदायसँग सहकार्य गर्ने पनि निर्णय गरेको छ।

यसैबीच, बैठक जारी रहेका बेला काठमाडौंको चावहिल क्षेत्रमा एमाले कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए। जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४