Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली–लेखकको स्वास्थ्य परीक्षण हुँदै, आजै हिरासतमा राखिने सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०८२
  • 1.2K
    SHARES

काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक को स्वास्थ्य परीक्षण प्रक्रिया प्रहरीले अघि बढाएको छ।

भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखक निवासबाट शनिबार बिहान पक्राउ गरिएका उनीहरूलाई हाल जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ।

प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई का अनुसार पक्राउपछि स्वास्थ्य परीक्षण गर्नु नियमित प्रक्रिया हो। उनले स्वास्थ्य अवस्था सामान्य देखिएपछि हिरासतमा राख्ने प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन्।

आज शनिबार सार्वजनिक बिदा परेकाले म्याद थपका लागि अदालत उपस्थित गराउन नसकिने हुँदा दुवै जना आजै हिरासतमा रहने सम्भावना रहेको प्रहरीले जनाएको छ। यसबीच उनीहरूले कानुनी परामर्श पनि अघि बढाएका छन्।

उनीहरूमाथि गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा हेलचेक्र्याइँ गरी ज्यान मारेको अभियोग लगाइएको छ। मुलुकी अपराध संहिताका दफा २८१, २८२ र २८३ अनुसार यस्तो कसुरमा कारबाहीको व्यवस्था रहेको छ।

उक्त घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोग ले कारबाही सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४