Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवनिर्वाचित सांसदको शपथ आज दिउँसो २ बजे: सिंहदरबारमा सबै तयारी पूरा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १२ २०८२
  • 1.8K
    SHARES

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजना हुने र यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले बुधबार केसीलाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराइसकेका छन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार शपथ समारोहमा विविध भाषिक तथा सांस्कृतिक पहिचानलाई सम्मान गर्दै ४७ जना सांसदहरूले नेपाली बाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन् । तीमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिनेछन् ।

शपथ ग्रहण नेपालको संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा (५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सञ्चालन हुनेछ । सांसदहरूले शपथ लिनुअघि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि तथा पासपोर्ट साइजका दुई प्रति तस्बिरसहित तोकिएको समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

सचिवालयले सांसदहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने भेषभूषामा उपस्थित हुन अनुरोध गरेको छ । बहुउद्देश्यीय हलमा आवश्यक सिट व्यवस्थापन, रोष्ट्रम, सभामुख आसन, महासचिव तथा सचिवहरूको बस्ने स्थानलगायत सम्पूर्ण पूर्वाधार तयारी पूरा गरिएको जनाएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । त्यसैगरी नेपाली कांग्रेस ले ३८, नेकपा (एमाले) ले २५, नेपाल कम्युनिस्ट पार्टी ले १७, श्रम संस्कृति पार्टी ले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट प्राप्त गरेका छन् ।

आजको शपथसँगै प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय हुने र आगामी दिनमा सभामुख चयन, सरकार गठन र विधायिकी प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४