Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको १५औं महाधिवेशन कार्यतालिका हेरफेर : अब असोजमा महाधिवेशन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ११ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस ले १५औं महाधिवेशनको कार्यतालिका संशोधन गर्दै नयाँ मिति सार्वजनिक गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशनदेखि महाधिवेशनसम्मका सबै कार्यक्रमहरू पुनः तालिका मिलाएको हो।

संशोधित कार्यतालिका अनुसार अब २ भदौदेखि वडा अधिवेशन सुरु हुने भएको छ। यसअघि ६ साउनदेखि वडा अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको थियो, तर आन्तरिक तयारी तथा व्यवस्थापनका कारण तालिका परिमार्जन गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

नयाँ तालिका अनुसार:

गाउँ–नगर अधिवेशन: ७ भदौ (पहिले १२ साउन)
प्रदेश सभा क्षेत्रीय अधिवेशन: १७ भदौ (पहिले २३ साउन)
क्षेत्रीय अधिवेशन तथा एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन: २४ भदौ (पहिले ३० साउन)
एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन: २ र ३ असोज (पहिले ६–७ भदौ)
प्रदेश अधिवेशन: ७ र ८ असोज (पहिले १५–१६ भदौ)

त्यस्तै, सबैभन्दा महत्वपूर्ण १५औं महाधिवेशन अब १६, १७, १८ र १९ असोजमा काठमाडौंमा आयोजना हुने निर्णय गरिएको छ। यसअघि महाधिवेशन २४–२६ भदौका लागि प्रस्ताव गरिएको थियो।

पार्टीभित्रको तयारी, संगठन सुदृढीकरण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तालिका संशोधन गरिएको बताइएको छ। नयाँ कार्यतालिकासँगै कांग्रेसभित्रको राजनीतिक गतिविधि अब थप तीव्र हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४