Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जातीय विभेद रोक्न नयाँ सरकारलाई मानव अधिकार आयोगको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०८२
  • 1K
    SHARES

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोग का अध्यक्ष तपबहादुर मगर ले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले दलित समुदायको हक अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सरकार सचेत हुन आवश्यक रहेको बताए।

अध्यक्ष मगरले जातीय विभेद अन्त्यका लागि कानुन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती रहेको उल्लेख गरे। उनले राजनीतिक प्रतिबद्धता र समाजको मानसिक परिवर्तन बिना विभेद अन्त्य सम्भव नहुने धारणा राखे।

उनले भने, “मानिसको मानसिकतामा पनि परिवर्तन ल्याउनुपर्छ। कानुन भएर मात्रै हुँदैन, कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता पनि चाहिन्छ।”

उनले आगामी सरकारलाई दलित समुदायको अधिकार कुनै पनि किसिमले हनन नहुने सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने सुझाव दिए। साथै, जातीय विभेद अन्त्यका लागि नेपाली समाजमा गहिरो मानसिक परिवर्तन आवश्यक रहेको पनि उनले जोड दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४