Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनको हार–जितबाट मात्र नेतृत्वको मूल्यांकन गलत: गगन थापाको राजीनामा बेठिक भएको अर्जुननरसिंह केसीको टिप्पणी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०८२
  • 931
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

केसीले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा ‘बेठिक’ भएको स्पष्ट पारे। उनले पार्टी र देश परिवर्तनको लक्ष्यसहित नेतृत्व सम्हालेको व्यक्तिले बीचमै जिम्मेवारी त्याग्नु उपयुक्त नहुने टिप्पणी गरे।

“एउटा ठूलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर अघि बढेको व्यक्ति बीचमै छोडेर जान मिल्दैन,” केसीले भने। उनले निर्वाचन परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह गर्दै अहिलेको अवस्थामा संयमता आवश्यक रहेको बताए।

उनले भने, “अहिले केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे छलफल हुने भएकोले व्यक्तिगत टिप्पणी नगरौँ। एक चुनावको जीत र हारबाट नेतृत्वको परीक्षण गर्नु उचित होइन।”

यसैबीच, केसीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्र संरक्षणको काममा कांग्रेसले आवश्यक सहयोग गर्ने बताएका छन्।

उनले विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै छोटो अवधिमा ‘जादुई परिवर्तन’ अपेक्षा गर्नु व्यवहारिक नहुने बताए। “५० दिनको अवधिमा वर्षौँदेखि थुप्रिएका समस्या समाधान गर्न सकिँदैन, त्यसैले पार्टीलाई अहिले पनि गगनजीको आवश्यकता छ,” उनले जोड दिए।

हाल पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सभापति थापाको राजीनामा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामबारे विस्तृत छलफल भइरहेको छ। यो बैठकले पार्टीको भावी नेतृत्व, रणनीति र संगठन सुदृढीकरणका विषयमा महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४