Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवनिर्वाचित सांसदको प्राथमिकता: विकास, रोजगारी र समान अवसर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०८२
  • 760
    SHARES

काठमाडौं । नवनिर्वाचित सांसदहरूले आफ्नो मुख्य एजेण्डा विकास, सुशासन, रोजगारी सिर्जना र समान अवसर कायम राख्ने बताएका छन्। बिहीबार निर्वाचन आयोगमा प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित प्रमाणपत्र प्राप्त गरेपछि संचारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले जनताको माग अनुसार काम गर्ने प्रतिबद्धता जनाए।

समिना मियाँ ले हालैको निर्वाचनले पुराना दल र राजनीतिक प्रवृत्तिलाई अन्त्य गरी नयाँ पुस्तामा पुस्तान्तरण भएको बताइन्। उनले रास्वपाले पूर्वमेयर बालेन्द्र साह लाई भावी प्रधानमन्त्री बनाउने निर्णय गर्दा जनतामा ठूलो भरोसा सिर्जना भएको उल्लेख गरिन्। साहले काठमाडौंमा गरेका विकासका काम देशभर विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

प्रभा ढकाल ले विधिको शासन, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र स्वरोजगारलाई प्राथमिकतामा राख्ने बताइन्। उनले ठूला भाषणभन्दा साना तर प्रभावकारी काममार्फत परिवर्तन सम्भव हुनेमा जोड दिइन्। युवाहरू विदेशिनु नपर्नेगरी देशमै रोजगारी सिर्जना गर्नुपर्ने, पहुँचका आधारमा सेवा वितरणमा सुधार ल्याउनुपर्ने र प्रभावकारी कानून निर्माण आवश्यक रहेको उनको भनाइ थियो।

श्रद्धा कुँवर क्षेत्री ले विकास र बजेट विनियोजन गर्दा देशभर सन्तुलित दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिइन्। उनले लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायत पिछडिएका क्षेत्रका सम्भावनालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै “सबैलाई बराबरी दृष्टिले हेर्नु राज्यको दायित्व हो” भनिन्।

बलावती शर्मा ले बढ्दो महँगी, विदेशिएका युवाको समस्या, संविधानमा व्यवस्था गरिएका अधिकारको कार्यान्वयन, राष्ट्रिय स्वाधीनता र जनजीविकासँग जोडिएका मुद्दामा ध्यान दिने बताइन्। उनले संघीय लोकतान्त्रिक व्यवस्थाबाट प्राप्त उपलब्धि कार्यान्वयनमा देखिएका कमजोरी सुधार्नुपर्नेमा जोड दिँदै उत्पीडित वर्गलाई राजनीतिक मूलधारमा ल्याउने वातावरण सिर्जना भएको दाबी गरिन्।

सांसदहरूले स्पष्ट पारे कि व्यवस्थामा सुधार आवश्यक रहेकाले अझै धेरै काम बाँकी छ र चुनावमा पार्टीले व्यहोरेको हारको समिक्षा गर्दै अगाडि बढ्ने योजना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४