Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवलपरासीमा ‘वन डढेलो सचेतना सप्ताह’ सुरु: डढेलो नियन्त्रणमा जनचेतना अभियान तीव्र


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०८२
  • 931
    SHARES

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि ‘वन डढेलो सचेतना सप्ताह’ सञ्चालन गरिएको छ। सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने भएकाले जनमानसमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको हो।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारी का अनुसार आगामी चैत ७ गतेसम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिनेछ। उनका अनुसार वन डढेलोबाट हुने जन, धन तथा वनको क्षति न्यूनीकरण गर्न निरोधात्मक उपायहरू अपनाइँदै आएका छन्।

यस अभियानअन्तर्गत समुदायमा वन डढेलो रोकथामसम्बन्धी सचेतना फैलाउने, फायर लाइन सफा गर्ने, प्रदर्शन (डेमो) गर्ने, पातपतिङ्गर हटाउने तथा व्यवस्थापन गर्ने कार्यहरू गरिनेछन्। कार्यालयले स्थानीय समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ।

‘प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिन्छ,’ प्रमुख अधिकारीले भने, ‘राजमार्ग तथा भित्री सडक छेउछाउ सरसफाइ गर्ने र पूर्वतयारीका कार्यक्रममार्फत डढेलो नियन्त्रणमा ध्यान दिइनेछ।’

वन डढेलोको उच्च जोखिम रहेकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। सुवास अधिकारी का अनुसार जिल्लामा २१० सामुदायिक वन, १८१ कबुलियती वन, नौ धार्मिक वन र एक साझेदारी वन रहेका छन् भने कुल भूभागको ५७.५२ प्रतिशत वनजङ्गलले ढाकेको छ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा ७१ स्थानमा लागेको वन डढेलोबाट करिब २,१५० हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १८१ स्थानमा लागेको डढेलोले ५,२८९.६५ हेक्टर क्षेत्र प्रभावित बनाएको थियो।

नेपालमा अधिकांश वन डढेलो मानवीय कारणले हुने गरेको पाइएको छ। अधिकारीका अनुसार ९६ प्रतिशत डढेलो मानवीय कारणले, एक प्रतिशत प्राकृतिक कारणले र चार प्रतिशतको कारण खुल्न नसकेको छ।

घाँस पलाउने वा च्याउ आउने विश्वासका कारण वनमा आगो लगाउने, तथा वन्यजन्तुको सिकारका लागि जानीजानी आगो लगाउने प्रवृत्तिले ठूलो वन विनाश भइरहेको जनाइएको छ। यसलाई रोक्न समुदायको सक्रिय भूमिका आवश्यक रहेको अधिकारीहरूले बताएका छन्।

डढेलोले जन, धन, वन, जैविक विविधता र पारिस्थितिक प्रणालीमा गम्भीर असर पार्ने भएकाले उपभोक्ता समूह, वन हेरालु, उपसमिति तथा नेपाली सेना सँग सहकार्य गरी अभियान सञ्चालन गरिएको छ।

नेपालमा प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ र वैशाख १ देखि ७ गतेसम्म ‘वन्यजन्तु संरक्षण सप्ताह’ मनाउने गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४