Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरीकी तेजकुमारीको जीवन रक्षा: छोरी सुनेनाले सुरु गरिन् सहयोग अपिल अभियान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०८२
  • 1.1K
    SHARES

काठमाडौं। सुनसरीको रामधुनी नगरपालिकाकी ४४ वर्षीया तेजकुमारी परियार ब्लड क्यान्सरबाट पीडित भएकी छन् र हाल जीवन र मरणको दोसाँधमा छिन्। उनलाई बचाउन उनकी छोरी सुनेना परियारले सहयोगको अपिल गर्दै अभियान नै सुरु गरेकी छिन्।

पारिवारिक स्रोतका अनुसार, तेजकुमारीको स्वास्थ्यमा अचानक समस्या देखा परेपछि उनलाई विराट टिचिङ अस्पताल लगिएको थियो। स्वास्थ्य परीक्षणमा ब्लड क्यान्सर पुष्टि भएपछि प्रारम्भिक उपचार पछि उनलाई थप उपचारका लागि सिभिल अस्पताल काठमाडौं भर्ना गरिएको थियो।

सिभिल अस्पतालका चिकित्सकहरूले उनकाे अवस्था जटिल भएको बताउँदै उच्चस्तरीय उपचारका लागि भारतको दिल्ली लैजान सुझाव दिएका थिए। परिवारको सहमतिमा तेजकुमारीलाई सोमबार दिल्ली पुर्‍याइएको छ। भारतमा उपचारका लागि करिब ४०–५० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ।

तर, आर्थिक अवस्था कमजोर भएकाले परियार परिवारका लागि यति ठूलो रकम जुटाउन कठिन छ। आमाको जीवन बचाउन कुनै विकल्प नरहेको देखेर सुनेनाले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेकी छिन्।

विराटनगरस्थित आइएसएमटी कलेजमा अध्ययनरत सुनेना आफ्ना सहपाठीहरूसँग समेत अभियानमा जुटेकी छिन्। विद्यार्थीहरू अहिले उपचार खर्च संकलनमा सक्रिय छन्।

सुनेना भन्छिन्, ‘डाक्टरले आमालाई बचाउन सकिन्छ भन्ने आशा देखाउनुभएको छ। तर उपचारका लागि आवश्यक ठूलो रकम हामीसँग छैन। सबैले सानो–सानो सहयोग गर्नुभयो भने मेरी आमाले नयाँ जीवन पाउनुहुनेछ।’

परिवारले सहयोग गर्न चाहने व्यक्तिहरूका लागि सम्पर्क नम्बर ९८१९३७८२५४ उपलब्ध गराएको छ। इच्छुकहरूले यस नम्बरमा सम्पर्क वा उपलब्ध क्यूआर कोडमार्फत आर्थिक सहयोग गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४