Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कटारीमा भीषण हावाहुरीको कहर: रुख ढल्दा २ जनाको मृत्यु, ५ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०८२
  • 1.5K
    SHARES

काठमाडौं। कटारी क्षेत्रमा आएको भीषण हावाहुरी र वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ। हावाहुरीले रुख ढल्दा र रुखको हाँगाले लाग्दा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।

नेपाल प्रहरीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिकै टिनको छाना भएको काठको खाजा घरमा बसिरहेका बेला हावाहुरीले सुकेको सालको रुख ढाल्दा च्यापिएर चौधरीको मृत्यु भएको हो। सोही घटनामा रुखले किचेर अन्य पाँच जना घाइते भएका छन्।

घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, ४६ वर्षीय लीला बहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन्।

रुखको चेपमा परेकी ४ वर्षीया बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय बासिन्दाको प्रयासमा करिब ४० मिनेटपछि जीवितै उद्धार गरिएको थियो।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार घाइतेहरूको उद्धारपछि प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।

यसैबीच, कटारी–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा ओत लगाउन सार्ने क्रममा रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन्। उनलाई राति ९:१० बजे अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार घाइतेमध्ये लीला बहादुर दनुवारको अवस्था गम्भीर रहेको छ। टाउकोमा गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि विराटनगर अस्पताल रेफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४