Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले समानुपातिकतर्फका २० सांसदको नाम टुंग्यायो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०८२
  • 2K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका २० जना सांसदको नाम टुंग्याएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदहरूको नाम टुंग्याएको हो। पार्टीले समानुपातिकतर्फ प्राप्त २० सिटमध्ये संविधानअनुसार १५ जना महिला अनिवार्य सहभागी हुनुपर्ने भएकाले सोही आधारमा सांसद चयन गरिएको जनाएको छ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार २० सिटमध्ये १५ जना महिलालाई समेटेर सूची तयार गरिएको हो।

उनका अनुसार विभिन्न समावेशी क्लस्टर मिलाएर सांसद छनोट गरिएको छ। आदिवासी जनजाति समुदायबाट ६ जना, खस–आर्य समुदायबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रलाई समेटेर बाँकी पाँच जना महिला चयन गरिएको छ।

प्रवक्ता चालिसेका अनुसार अनिवार्य १५ जना महिला समेट्दै समावेशी प्रतिनिधित्वका आधारमा सांसदहरूको नाम टुंग्याइएको हो। पार्टीले टुंग्याएको सूची आइतबार नै निर्वाचन आयोगमा बुझाइने जनाइएको छ।

निर्वाचन आयोगले दलबाट पठाइएको नामावलीलाई आवश्यक प्रक्रिया अनुसार रुजु गरी अन्तिम रूपमा सार्वजनिक गर्ने जनाएको छ।

यसैबीच पार्टीले हालै सम्पन्न निर्वाचनको समिक्षा गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी गरेको पनि प्रवक्ता चालिसेले बताए। बैठकमा चुनावी परिणाम, आगामी रणनीति तथा संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४