Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०८२
  • 1.6K
    SHARES

काठमाडौं । देशका विभिन्न जिल्लाबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका छन्। काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, कञ्चनपुर, बर्दिया, कैलाली र पर्सा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना, चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरस्थित सब्जीमण्डी क्षेत्रबाट दुई जना तथा सप्तरीको तिरहुत गाउँपालिका–२ बडहराबाट दुई जना पक्राउ परेका छन्।

त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट दुई जना र पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट दुई जनालाई प्रहरीले अवैध लागुऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराबाट एक जना, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट एक जना, कैलालीको गोदावरी नगरपालिका–११ गौडीबजारबाट एक जना तथा धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट विभिन्न प्रकारका अवैध लागुऔषध बरामद गरिएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले देशका विभिन्न स्थानमा लागुऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र अभियानलाई थप कडाइका साथ अघि बढाइएको पनि जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४