Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिमपात नहुँदा सिमकोटमा खानेपानी संकट, किसानलाई ओखर र स्याउका बिरुवा वितरण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०८२
  • 1.2K
    SHARES

हुम्ला । Simkot बजार तथा आसपासका क्षेत्रमा पछिल्लो दुई सातादेखि खानेपानीको अभाव देखिएको छ। यस वर्ष पर्याप्त हिमपात नहुँदा पानीका मूल सुक्न थालेपछि स्थानीय बासिन्दा खानेपानीको समस्या झेल्न बाध्य भएका हुन्।

स्थानीयका अनुसार Simkot तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा पैदल हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका छन्। गाउँमा रहेका अधिकांश धारा तथा मूल सुक्न थालेपछि दैनिक उपभोगका लागि पानी जुटाउन कठिन भएको स्थानीयले बताएका छन्।

Simkot Rural Municipality–४ बुराउँसेस्थित ठाँडाढुङ्गाको केउकेउ मूलबाट ल्याइएको पानी भण्डारण गर्ने ट्याङ्कीमा पर्याप्त पानी नभरिँदा पनि समस्या बढेको स्थानीय नैनसिंह रावतले बताए। ट्याङ्कीमा पानी नपुगेपछि गाउँका धेरै घरधुरीलाई पानीको अभाव भएको उनको भनाइ छ।

यस्तै, Namkha Rural Municipality–१ मा पर्ने ताङिन खोलाबाट बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइएको भए पनि बाटोमा पर्ने पाइपलाइन क्षेत्रमा बरफ जम्ने समस्याले पानीको प्रवाह प्रभावित भएको स्थानीयले बताएका छन्। बरफ जमेर पाइप बन्द हुँदा नियमित रूपमा पानी आपूर्ति हुन नसक्दा समस्या थपिएको हो।

स्थानीय नैनसिंह रावतका अनुसार विगतका वर्षहरूमा करिब १० फिटसम्म हिमपात हुने गरेको थियो। त्यसबेला पर्याप्त हिमपात हुने भएकाले पानीका मूलहरू सुक्ने समस्या नहुने र खानेपानीको अभाव नदेखिने गरेको थियो। तर यस वर्ष खडेरी जस्तै अवस्था भएपछि जिल्लाभरिका अधिकांश पानीका मूल सुक्न थालेका छन्, जसका कारण अहिले खानेपानीको समस्या झनै बढ्दै गएको छ।

यसैबीच, Agriculture Development Office Humla ले जिल्लाका किसानलाई कृषि उत्पादन बढाउने उद्देश्यले ओखर र स्याउका बिरुवा वितरण गरेको छ। कार्यालयले Jumla स्थित फार्मबाट तीन हजार ८७६ वटा ओखर तथा स्याउका बिरुवा खरिद गरी ५५० जना किसानलाई अनुदानमा वितरण गरेको जनाएको छ।

कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तका अनुसार किसानलाई प्रतिबिरुवा २७५ रुपैयाँका दरले अनुदानमा बिरुवा उपलब्ध गराइएको हो। उक्त बिरुवाले आगामी वर्षहरूमा किसानको आम्दानी बढाउने र फलफूल उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यालयले जिल्लामा फलफूल खेती विस्तार गर्ने लक्ष्यसहित किसानलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। किसानहरूले पनि ओखर र स्याउ खेतीलाई आयआर्जनको महत्वपूर्ण स्रोत बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४