Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तनावबीच भारतका दुई जहाजले पार गरे होर्मुज स्ट्रेट, एलपीजी लिएर बन्दरगाहतर्फ प्रस्थान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । अमेरिका, इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच पनि भारतका दुई जहाज सुरक्षित रूपमा होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन्। भारतीय विदेश मन्त्रालयले शनिबार यसको पुष्टि गरेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेका छन्। ती जहाजमा ठूलो मात्रामा तरल पेट्रोलियम ग्यास (एलपीजी) लोड गरिएको छ।

उनका अनुसार दुवै जहाजमा गरी करिब ९३ हजार मेट्रिक टनभन्दा बढी एलपीजी रहेको छ। मध्यपूर्व क्षेत्रमा तनाव बढिरहेका बेला जहाजहरू सुरक्षित रूपमा होर्मुज स्ट्रेट पार गर्न सफल भएको भारतीय पक्षले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

प्रवक्ता जयसवालका अनुसार खाडी क्षेत्रमा भारतका अन्य केही जहाजहरू पनि तयारी अवस्थामा राखिएका छन्। भारतले ऊर्जा आपूर्तिमा कुनै समस्या नआओस् भन्ने उद्देश्यले सम्बन्धित देशहरूसँग निरन्तर समन्वय गरिरहेको उनले बताए।

यसअघि इन्धन बोकेर भारततर्फ आइरहेको एक थाई जहाजमाथि हमला भएको घटना सार्वजनिक भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको थियो। सो घटनापछि भारतले आफ्नो ऊर्जा आपूर्ति सुरक्षित राख्न विशेष निगरानी र समन्वय बढाएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४