Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोरखामा माइक्रो बस दुर्घटना: सात भारतीय तीर्थयात्रीको मृत्यु, सात गम्भीर घाइते


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०८२
  • 2.1K
    SHARES

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टारमा बिहीबार भएको माइक्रो बस दुर्घटनामा सात जना भारतीय तीर्थयात्रीको घटनास्थलमै मृत्यु भएको छ। मनकामना मन्दिरको दर्शन गरेर फर्किंदै गरेका यात्रु बोकेको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेपछि दुर्घटना भएको हो।

प्रहरीका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेहरूमा दुई महिला र पाँच पुरुष रहेका छन्। उनीहरू सबै छिमेकी मुलुक भारतबाट मनकामना मन्दिरको दर्शन गर्न आएका तीर्थयात्री रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले जानकारी दिएका छन्। मृतकहरूको सनाखत गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी अन्य सात जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि तनहुँको आँबुखैरेनीस्थित अस्पतालमा पठाइएको छ। उक्त माइक्रो बसमा चालक र सहचालकसहित कुल १६ जना सवार रहेको र तीमध्ये १४ जना भारतीय तीर्थयात्री रहेको बताइएको छ।

घटनाको जानकारी प्राप्त हुनेबित्तिकै स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको टोली उद्धार कार्यमा खटिएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार तीव्र गति वा प्राविधिक समस्याका कारण माइक्रो बस अनियन्त्रित भई सडकबाट खसेको हुन सक्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४