Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०८२
  • 1.4K
    SHARES

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएसँगै देशभरको मौसममा फेरबदल आएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदलीको अवस्था रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आकाश बादलले ढाकिने सम्भावना रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही स्थानहरूमा पनि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि मौसमको यही अवस्था जारी रहने महाशाखाले जनाएको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत मुलुकभरका पहाडी तथा हिमाली भूभागमा मौसम साधारणतया बदली रहनेछ भने हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना कायमै रहने बताइएको छ।

रातिको समयमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्हरूले वर्षा, हिमपात तथा चट्याङ्गका कारण हुनसक्ने जोखिमबाट बच्न सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने तथा कृषिसम्बन्धी काम गर्ने व्यक्तिहरूलाई मौसमको अवस्था ध्यानमा राख्न पनि सुझाव दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४