Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इनिसा विक हत्या प्रकरण: दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा दोस्रो दिन पनि प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ३० २०८२
  • 1.6K
    SHARES

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ।

राजधानीको माइतीघर मण्डलामा भेला भएका नागरिक, विद्यार्थी तथा सामाजिक अभियन्ताहरूले दोषीलाई कडा सजाय दिन र यस्ता जघन्य अपराध रोक्न सरकारलाई दबाब दिन प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या जस्ता घटनामा संलग्नलाई कठोर सजाय दिनुपर्ने भन्दै फाँसीको सजायसमेत व्यवस्था गर्ने कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनमा सहभागी सामाजिक अभियन्ता कविता चन्द सोडारीले हत्या र बलात्कारजस्ता जघन्य अपराध दोहोरिन नदिन सरकारलाई सचेत गराउन आफूहरू अभियानमा लागेको बताइन्। उनले पीडितलाई न्याय दिलाउन र दोषीलाई कडा कारबाही गर्न सरकारमाथि निरन्तर दबाब दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्।

उनका अनुसार पछिल्लो समय महिलामाथि हुने हिंसा तथा बालिकामाथि हुने बलात्कारका घटना बढ्दै गइरहेको भन्दै यस्तो अपराधलाई नियन्त्रण गर्न कडा कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयन आवश्यक छ।

प्रदर्शनका क्रममा सहभागीहरूले “इनिसालाई न्याय देऊ”, “बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर”, “दोषीलाई कडा सजाय दे” लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने, दोषीलाई कानुनअनुसार कडा सजाय दिनुपर्ने र पीडित परिवारलाई न्याय सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले सरकारले तत्काल प्रभावकारी कदम नचाले यस्ता जघन्य अपराधका विरुद्ध थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४