Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगन थापालाई ३० बढी नेताको आग्रह– राजीनामा नदिनुस्


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ३० २०८२
  • 1.6K
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापालाई राजीनामा नदिन पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले आग्रह गरेका छन्। पछिल्ला राजनीतिक घटनाक्रम र चुनावी परिणामपछि पार्टीभित्र विभिन्न चर्चा भइरहेका बेला नेताहरूले सभापतिलाई भेटेर यस्तो आग्रह गरेका हुन्।

शनिवार बिहान बालुवाटारस्थित निवासमा सभापति थापालाई भेट्न सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’, केन्द्रीय सदस्य मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईँलगायत नेताहरू पुगेका थिए। भेटका क्रममा उनीहरूले सभापति थापालाई अहिलेको अवस्थामा राजीनामा नदिन आग्रह गरेका हुन्।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार अहिलेको परिस्थितिमा सभापति थापाको राजीनामा समाधानको विकल्प नभएको नेताहरूको धारणा रहेको छ। उनले सभापतिले राजीनामा दिएर पार्टीभित्र देखिएको समस्या समाधान नहुने भन्दै अहिले त्यस्तो कदम नचाल्न आफूहरूले आग्रह गरेको बताए।

उनका अनुसार उक्त भेटघाटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, हालै सम्पन्न निर्वाचनको समीक्षा, पार्टी संगठन सुदृढीकरण तथा आगामी रणनीतिका विषयमा पनि छलफल भएको थियो।

नेताहरूले पार्टीभित्र देखिएको चुनौतीलाई सामूहिक रूपमा सामना गर्नुपर्नेमा जोड दिँदै नेतृत्व परिवर्तनभन्दा पनि संगठन सुदृढीकरण र पार्टीलाई एकताबद्ध बनाउनेतर्फ ध्यान दिनुपर्ने धारणा राखेका छन्। उनीहरूले सभापति थापालाई संयमता अपनाउँदै सबै पक्षलाई समेटेर पार्टीलाई अघि बढाउन आग्रह गरेका छन्।

हाल नेपाली काँग्रेसभित्र चुनावी परिणाम र पार्टीको भावी रणनीतिबारे विभिन्न तहमा छलफल चलिरहेको छ। यस्तो अवस्थामा पार्टीका धेरै नेताहरूले सभापति थापाले नै नेतृत्व गर्दै संगठनलाई मजबुत बनाउँदै अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४