Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेनलाई प्रधानमन्त्री बनाउने रास्वपाको अन्तिम तयारी, बोलायो सचिवालय बैठक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ३० २०८२
  • 1.3K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन र नेतृत्व चयनको प्रक्रियालाई तीव्रता दिएको छ । समानुपातिक सांसदहरूको नाम छनोट र संसदीय दलको नेता चयनका लागि विद्यमान विधान संशोधन गर्न रास्वपाले आगामी शनिबारका लागि सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच बिहीबार भएको लामो संवादपछि यो निर्णय लिइएको हो । सभापति लामिछानेको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सचिवालय बैठकको समय र स्थान तय गरिने प्रवक्ता मनीष झाले जानकारी दिए । लामिछाने हाल चिकित्सकको सल्लाहअनुसार निवासमै आराम गरिरहेका छन् ।

रास्वपाले आफ्नो विधानको धारा ६६ मा रहेको संसदीय दलको नेता चयन सम्बन्धी व्यवस्थालाई परिमार्जन गर्न लागेको छ । हालको विधानमा साधारण सदस्यहरूले नै संसदीय दलको नेता चुन्न पाउने प्रावधान छ । तर, राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २५ ले निर्वाचित सांसदहरूले मात्रै आफूमध्येबाट नेता छान्ने व्यवस्था गरेको छ । कानुनसँग बाझिएको यो प्रावधानलाई संशोधन गरेर रास्वपाले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता निर्वाचित गर्ने योजना बनाएको छ ।

निर्वाचन आयोगले आइतबारभित्र समानुपातिक सांसदहरूको अन्तिम सूची पेस गर्न पत्राचार गरेसँगै रास्वपाले ५७ सिटका लागि उम्मेदवारहरूको नाम टुंगो लगाउन लागेको हो । सचिवालय बैठकपछि बस्ने केन्द्रीय समिति बैठकले उक्त सूचीलाई अन्तिम रूप दिनेछ ।

प्रतिनिधिसभामा १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेको रास्वपाले वरिष्ठ नेता शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । संसदीय दलको नेता चयन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया सुरु हुनेछ ।

सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच बिहीबार करिब दुई घण्टा संवाद भएको थियो । भेटका क्रममा सरकार गठन, मन्त्रिपरिषद् विस्तार र आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको बताइएको छ । रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार दुई शीर्ष नेताबीच नियमित संवाद भइरहेको र पार्टी अब ठोस निर्णयका साथ अघि बढ्ने तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४