Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिमी वायूको प्रभाव : देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ३० २०८२
  • 741
    SHARES

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका साथै कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थान तथा बागमती प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका साथै अन्य प्रदेशका हिमाली भू–भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराई तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि यस्तो मौसम हुने अनुमान गरिएको छ।

आज राति देशको हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिमाली भू–भागका थोरै स्थान तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४