Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंका विभिन्न स्थानमा आज केही समय विद्युत् कटौती


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ३० २०८२
  • 779
    SHARES

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा केही समय विद्युत् कटौती हुने जनाएको छ।

प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडरअन्तर्गतका विभिन्न स्थानमा विद्युत् कटौती हुने जानकारी दिएको हो।

प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा रहेको ११ केभी लाइन मर्मत गर्न लागिएको जनाइएको छ।

जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ पोल जडान गर्ने कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा विद्युत् कटौती हुनेछ।

यस्तै, मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा भने दिउँसो २ बजेदेखि ४ बजेसम्म विद्युत् कटौती हुने सूचनामा उल्लेख छ।

तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित रूपमा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ। साथै, विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४