Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्यास अभावले काठमाडौंमा सास्ती: सिलिण्डरका लागि बिहानैदेखि लाइनमा उपभोक्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २९ २०८२
  • 1.3K
    SHARES

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा राजधानी काठमाडौंका सर्वसाधारण फेरि सास्ती भोग्न बाध्य भएका छन्। बजारमा ग्यास अभाव देखिन थालेपछि उपभोक्ताहरू ग्यास डिपो र उद्योग बाहिर बिहानैदेखि लाइनमा बस्न थालेका छन्।

काठमाडौंका विभिन्न ग्यास उद्योग तथा डिपो बाहिर एक सिलिण्डर ग्यास पाउनकै लागि उपभोक्ताहरू घण्टौँ लाइनमा बस्न बाध्य भएका दृश्यहरू देखिएका छन्। सडक किनारै–किनार खाली सिलिण्डरहरूको लामो लाइन लागेका छन्। विशेषगरी ‘नेपाल ग्यास’का रातो रंगका सिलिण्डरहरू सडकपेटीमा लामबद्ध राखिएका दृश्यले ग्यास अभावको अवस्था झल्काएको छ।

आफ्नो पालो कुरेर लामो समयसम्म लाइनमा बस्नुपर्दा उपभोक्ताहरूको अनुहारमा थकान र निराशा प्रष्ट देखिन्छ। लाइनमा युवा, वृद्धदेखि महिलासम्मको उल्लेख्य उपस्थिति देखिएको छ। कोही मोटरसाइकलको पछाडि सिलिण्डर बाँधेर डिपो पुगेका छन् भने कोही काँधमै गह्रौँ सिलिण्डर बोकेर ग्यास लिन धाउन बाध्य भएका छन्।

भीडभाडमा आफ्नो सिलिण्डर नहराओस् वा अन्यसँग साटिन नपाओस् भनेर कतिपय उपभोक्ताले सिलिण्डरको रेगुलेटर लाग्ने भागमा सेतो कपडा वा बोराको टुक्रा बाँधेर चिनो लगाएका दृश्य पनि देखिएका छन्। यस्तो दृश्यले उपभोक्ताको विवशता झल्काएको छ।

एउटा ग्यास सिलिण्डर भर्नका लागि नागरिकले आफ्नो दैनिक कामधन्दा, कार्यालय र व्यापार व्यवसायसमेत छोडेर दिनभर सडकमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। बजारमा ग्यास अभावको हल्ला चल्ने बित्तिकै वा आपूर्तिमा सामान्य ढिलाइ हुँदा पनि उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको छ। त्यसैको असरस्वरूप ग्यास पाइने आशामा मानिसहरू उद्योग र डिपोहरूमा एकैपटक पुग्ने गरेका छन्।

खाना पकाउने ग्यास अत्यावश्यक उपभोग्य वस्तु भए पनि यसको वितरण प्रणाली प्रभावकारी रूपमा व्यवस्थापन हुन नसक्दा बेला–बेलामा यस्तो समस्या दोहोरिने गरेको छ। आपूर्ति व्यवस्थापन कमजोर हुँदा सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको उपभोक्ताहरूको गुनासो छ।

सम्बन्धित निकायले ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित, पारदर्शी र नियमित बनाउन तत्काल प्रभावकारी कदम नचाल्ने हो भने उपभोक्ताले यस्ता समस्या अझै लामो समयसम्म भोग्नुपर्ने अवस्था रहने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४