Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ प्रणाली लागू भएपछि राहदानी वितरण सेवा अस्थायी अवरुद्ध हुनसक्ने: परराष्ट्र मन्त्रालयको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २९ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयन गर्दा राहदानी वितरण सेवा अस्थायी रूपमा अवरुद्ध हुनसक्ने चेतावनी जारी गरेको छ। विभागका अनुसार नयाँ प्रणाली स्थापनाको प्रारम्भिक चरणमा सेवा प्रभावित भई एकदेखि तीन हप्तासम्म बन्द हुन सक्ने छ।

विभागले जनाएको छ कि वर्तमान प्रणालीबाट नयाँ प्रणालीमा सरेपछि अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवामा ढिलाइ हुनसक्नेछ। विभागबाट प्रत्यक्ष प्रदान गरिने राहदानी सेवा पनि करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने छ।

सूचनामा भनिएको छ कि नयाँ प्रणाली स्थिर हुन एकदेखि तीन महिनासम्म समय लाग्ने अपेक्षा गरिएको छ। यस अवधिमा सेवाग्राहीले आवेदन दिनु भए पनि राहदानी तयार हुने प्रक्रिया हालको भन्दा बढी समय लिन सक्ने सम्भावना रहेको छ।

राहदानी विभागले आगामी ६ महिनाभित्र (२०८३ असोज भित्र) राहदानी आवश्यक पर्ने व्यक्तिहरूलाई अनुरोध गरेको छ कि प्रणाली सुरु हुनु अघि नै सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा विभागबाट राहदानी सेवा लिनुहोस्।

नयाँ प्रणालीको सुरु हुने मिति र अन्तरिम अवधिमा गरिने व्यवस्थाबारे विभागले अर्को सूचनामार्फत थप जानकारी उपलब्ध गराउने जनाएको छ।

यस कदमले राहदानी प्रक्रियामा आधुनिकिकरण र डिजिटल प्रणाली लागू गर्ने उद्देश्य राखेको भए पनि प्रारम्भिक चरणमा असुविधा हुन सक्ने चेतावनी विभागले जारी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४