Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फागुन २९ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २९ २०८२
  • 1.4K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं फागुन २९, २०८२ । इ.सन् 13 Mar, 2026 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (चिल्लागा) । सिद्धार्थी संवत्सर उत्तरायण । शिशिर ऋतु शुक्रवार चैत्र कृष्णपक्ष । तिथि दशमी, दिनरात, त्यसपछि दशमी । नक्षत्र पूर्वाषाढा, ०१:३३ बजेपछि उत्तराषाढा । योग व्यतीपात, ०९:२४ बजेपछि वरियान् । करण भद्रा, ०६:२० बजेपछि वणिज, १७:३५ बजेउप्रान्त भद्रा । चन्द्रराशि धनु । योग (आनन्दादि) प्रवर्द्ध । दिनमान ११:५२ । सूर्योदय ६:१८ । सूर्यास्त १८:१० । दिन विशेष : भद्रा १७:३५ बजे सुरु ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ अवसर पाइनेछ। तर चुनौती समेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। पहिलेकाे काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेकाे काम राेकिने भयले सताउनेछ। गरेकाे श्रमबाट उचित लाभ नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ र तत्कालकाे अभाव पनि टर्नेछ। सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलाे भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ। भौतिक साधन जुट्नाले पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलाे हुने छ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुने समय छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरले पछ्याए पनि माैकाकाे फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहाेला। मिहिनेतकाे परिणाम भने राम्रै हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। झमेला बेहोर्नुपरे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
घर–परिवारमा असमझदारी बढ्न सक्छ। फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। मान–सम्मानमा समेत आघात पुग्ने सम्भावना छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। कामतर्फ श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ। वादविवादले आफ्नै प्रतिष्ठामाथि प्रश्न उठ्नेछ, सजग रहनुहाेला।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। कुनै विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। लगनशीलताले समाधान दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा फाइदै हुनेछ। तर विराेधीहरूले दुःख दिनेछन्, सजग रहनुहाेला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४