Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर तापक्रम बढ्दो: तराईमा ३१ डिग्री नाघ्यो, काठमाडौंमा २५.४ डिग्री पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २८ २०८२
  • 798
    SHARES

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहे पनि केही ठाउँमा सामान्य उतारचढाव मात्रै देखिएको छ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार विशेषगरी तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम निरन्तर बढ्दै गएको छ। राजधानी काठमाडौंमा फागुन २६ गते अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसको बीचमा रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो। आज मध्यान्हसम्म भने काठमाडौंको तापक्रम २५.४ डिग्री सेल्सियस पुगेको छ। आज रातिको न्यूनतम तापक्रम भने १५ देखि १७ डिग्री सेल्सियसकै हाराहारीमा रहने अनुमान गरिएको छ।

यसैबीच आज मध्यान्हसम्म देशकै सबैभन्दा बढी तापक्रम सिराहा र बाँके जिल्लामा मापन गरिएको छ, जहाँ अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै उच्च हिमाली क्षेत्र मनाङस्थित हुम्दे विमानस्थलमा भने अधिकतम तापक्रम ३.२ डिग्री सेल्सियस मात्रै मापन गरिएको छ।

आज विराटनगरमा अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने नेपालगञ्जमा ३० देखि ३२ डिग्री सेल्सियस आसपास रहने सम्भावना रहेको विभागले जनाएको छ।

गण्डकी प्रदेशको पोखरामा आज तापक्रम २६ देखि २८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रतर्फ जुम्लामा २३ देखि २५ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने देखिएको छ भने मुस्ताङको जोमसोममा पनि १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको छ। हावामा आद्र्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको उनले बताए। उनका अनुसार आगामी तीन दिनसम्म देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्दै जाने र मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४