Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्यपूर्वको परिस्थितिप्रति सचेत रहन साउदीस्थित नेपालीलाई दूतावासको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २८ २०८२
  • 1.5K
    SHARES

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावास ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरेबिया मा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ।

दूतावासले आज जारी गरेको अनुरोध पत्रमा आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन तथा सूचनाको आधारमा मात्र जानकारी लिन र त्यसअनुसार सजग रहन सबै नेपालीलाई आग्रह गरिएको छ। साथै, आधिकारिक रूपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, फोटो वा भिडियो सामाजिक सञ्जालमा पोष्ट नगर्न, सेयर नगर्न तथा अफवाह फैलाउने कार्य नगर्न पनि अनुरोध गरिएको छ।

दूतावासले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान, भवन वा अन्य वस्तुको फोटो खिच्न तथा भिडियो बनाउन नहुने स्पष्ट पारेको छ। त्यस्ता गतिविधिले सुरक्षा चुनौती उत्पन्न गर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो।

त्यसैगरी दूतावासले साउदी अरेबियाका सरकारी निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट प्रकाशित समाचारलाई मात्र विश्वास गर्न र पुष्टि नभएका हल्ला तथा अफवाहको पछि नलाग्न पनि आग्रह गरेको छ।

कुनै समस्या परेमा वा थप जानकारी आवश्यक परेमा नेपाली नागरिकलाई राजदूतावास वा नेपाली महावाणिज्य दूतावास जेद्दा मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

दूतावासले आवश्यक परेमा निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छः

  • फोन: ०११४६१११०८, ०११२८८३७९५

  • मोबाइल/ह्वाट्सएप: +९६६५०००२५९७३, +९६६५३४३४३२१३

त्यसैगरी जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका नम्बरहरू:

  • फोन: ०१२६२२६६६५, ०१२६२२६६८३

  • मोबाइल/ह्वाट्सएप: +९६६५३५०२४१६९, +९६६५५९७४४२५३, +९६६५३१२५४०९९, +९६६५३१३२८९५७

दूतावासले हालको परिस्थितिमा संयमित र सचेत रहन तथा आधिकारिक सूचनालाई मात्र आधार मानेर व्यवहार गर्न सबै नेपालीलाई पुनः आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४