Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिहीबार व्रत: भगवान विष्णु र गुरु वृहस्पतिको पूजा, धन–विद्या प्राप्त हुने धार्मिक विश्वास


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २८ २०८२
  • 2K
    SHARES

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले बिहीबारको दिनलाई विशेष धार्मिक महत्वका साथ मनाउने गर्छन्। धार्मिक मान्यताअनुसार यस दिन देवताका गुरु वृहस्पति तथा भगवान भगवान विष्णु को पूजा–आराधना गरिन्छ। बिहीबार व्रत बस्नाले धन, सन्तान तथा विद्या प्राप्त हुने विश्वास गरिन्छ।

धार्मिक परम्पराअनुसार बिहीबारको दिन पहेँलो रङ्गलाई शुभ मानिन्छ। यस दिन पहेँलो कपडा लगाउने, पहेँलो वस्तुको दान गर्ने तथा पहेँलो फूल प्रयोग गरी पूजा गर्ने चलन रहेको छ। यसै दिन भगवान विष्णुकी पत्नी देवी लक्ष्मी को पनि पूजा गर्ने गरिन्छ।

धार्मिक मान्यताअनुसार बिहीबारको व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नु उत्तम मानिन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा अझ शुभ फल प्राप्त हुने विश्वास गरिएको छ।

कसरी गर्ने बिहीबारको पूजा ?

बिहान सबेरै उठेर स्नान गरेपछि पहेँलो वस्त्र धारण गर्नुपर्छ। त्यसपछि पहेँलो फूल र चन्दन मिलाएर प्रसाद तयार गरी भगवान विष्णुलाई अर्पण गरेर पूजा गर्नुपर्छ। यसरी पूजा गर्दा भगवान प्रसन्न भई घरमा सधैँ सुख, शान्ति र समृद्धि रहने धार्मिक विश्वास रहेको छ।

धार्मिक ग्रन्थअनुसार यो व्रत १३ महिना वा कम्तीमा सात महिनासम्म निरन्तर गर्नुपर्छ भन्ने मान्यता छ। व्रत बस्ने दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जाप गर्नुपर्ने बताइन्छ।

यस दिन केराको रुखलाई पनि पूजा गर्ने चलन छ। पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता तथा मिठाईका रूपमा लड्डु दान गरेमा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। व्रतको दिन एक छाक मात्र भोजन गर्ने र नुन त्याग्ने परम्परा पनि रहेको छ।

बिहीबार व्रतसँग जोडिएको पौराणिक कथा

पौराणिक कथाअनुसार एकजना प्रतापी र दानी राजा थिए। उनको दरबारमा धेरै सम्पत्ति र वैभव थियो। राजा प्रत्येक बिहीबार व्रत बस्ने र धर्मकर्म गर्ने गर्थे। तर रानी भने त्यस्ता धार्मिक कार्यमा रुचि राख्दिन थिइन्। राजाले गर्ने पुण्यकर्ममा उनले प्रायः असहयोग गर्ने गर्थिन्।

एक दिन देवताका गुरु गुरु वृहस्पति साधुको रूप धारण गरेर राजाको दरबारमा पुगे। त्यतिबेला राजा शिकार खेल्न जङ्गल गएका थिए। रानीले साधुलाई दरबारमा भएको सम्पत्ति र वैभव समाप्त गरिदिन आग्रह गरिन्।

साधुको रूपमा रहेका गुरु वृहस्पतिले रानीलाई शुभ फल दिने कर्मभन्दा विपरीत कर्म गर्न सिकाए। रानीले बिहीबारको दिन ती कार्यहरू गर्न थालिन्। त्यसपछि क्रमशः दरबारको सम्पूर्ण वैभव नष्ट हुन थाल्यो।

सम्पत्ति समाप्त भएपछि राजा रोजगारीका लागि परदेश जान बाध्य भए। दरबारमा रहेका रानीहरू समेत भोकभोकै बस्नुपर्ने अवस्था आयो। त्यसपछि रानी दुःखित हुँदै आफ्नी बहिनीको घर सहयोग माग्न पुगिन्।

रानीको अवस्था देखेर उनकी बहिनीले बिहीबारको व्रत बस्न सुझाव दिइन्। त्यसपछि रानी र उनका दासीहरूले नियमित रूपमा बिहीबार व्रत बस्न थाले।

व्रत सुरु गरेपछि पुनः दरबारमा धन–सम्पत्ति बढ्न थाल्यो। दरबारमा सुख–शान्ति फर्कियो र परदेश गएका राजा पनि घर फर्किए। यही कारण बिहीबारको व्रत बस्दा धन, वैभव र सुख–समृद्धि प्राप्त हुने जनविश्वास रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४