Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विदेशी मुद्रा विनिमय दर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २८ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४० पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा रहेको छ। यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४८ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४ रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १ पैसा र बिक्रीदर ४० रुपैयाँ १८ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ रुपैयाँ ६८ पैसा तोकिएको छ।

त्यस्तै साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ २ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८२ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ६ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८१ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ३० पैसा कायम भएको छ।

त्यसैगरी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर केही फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४