Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण : पोखराका ५०० भन्दा बढी किसान लाभान्वित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २६ २०८२
  • 3.3K
    SHARES

पोखरा । Pokhara Metropolitan City ले महानगरभित्रका किसानलाई छ टनभन्दा बढी मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ।

महानगरभित्र मकै खेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले अनुदानमा बीउ वितरण गरिएको महानगरपालिकाको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए।

उनका अनुसार किसानलाई विभिन्न जातका मकैका बीउ उपलब्ध गराइएको छ। जसअन्तर्गत ‘रामपुर कम्पोजिट’ जातको १ हजार १०० किलो, ‘अरुण–२’ जातको ३ हजार १०० किलो र ‘मनकामना–३’ जातको २ हजार १० किलो बीउ वितरण गरिएको हो।

सामान्यतया प्रतिकिलो ११० रुपैयाँ पर्ने मकैको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको कृषि विकास शाखाले जनाएको छ।

अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेपछि निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ वितरण गरिएको प्रमुख कडरियाले बताए।

महानगर क्षेत्रभित्र हाल करिब ६ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ। यस कार्यक्रमले उत्पादन वृद्धि गर्न र किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सहयोग पुग्ने महानगरपालिकाको अपेक्षा छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४