Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन आचारसंहिता आज रातिदेखि निष्क्रिय हुने आयोगको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २५ २०८२
  • 2K
    SHARES

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू गरिएको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने निर्णय गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगको आज बसेको बैठकले उक्त आचारसंहिता आज रातिदेखि निष्क्रिय हुने निर्णय गरेको हो।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले गत माघ ४ गते राति १२ बजेदेखि ‘निर्वाचन आचारसंहिता, २०८२’ लागू गरेको थियो। आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि आचारसंहिता लागू गरिएको थियो।

यसअनुसार गत माघ ४ गतेको आयोगको निर्णयअनुसार सोही राति १२ बजेदेखि आचारसंहिता लागू गरिएको थियो। उक्त अवधिमा राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षलाई आचारसंहिता पालना गर्न निर्देशन दिइएको थियो।

गत माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो भने फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो। दुवै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेपछि आयोगले आचारसंहिताको आवश्यकता समाप्त भएको ठहर गर्दै आज रातिदेखि उक्त व्यवस्था निष्क्रिय हुने निर्णय गरेको हो।

निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा आज रातिदेखि निर्वाचन आचारसंहिता लागू नहुने स्पष्ट गरिएको छ। आयोगले निर्वाचन प्रक्रिया सम्पन्न भइसकेपछि नियमित प्रशासनिक तथा राजनीतिक गतिविधि पूर्ववत् रूपमा सञ्चालन गर्न सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४