Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमाले महासचिव शंकर पोखरेलले मतदानपछि अराजकता र अस्थिरतालाई अस्वीकार गर्ने दावी गरे


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २१ २०८२
  • 1K
    SHARES

काठमाडौँ । नेकपा एमाले का महासचिव एवं दाङ–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेल ले बिहीबार आफ्नो मतदान अधिकार प्रयोग गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे दाबी गर्नुभएको छ।

महासचिव पोखरेलले मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हित जोखिममा परेको भन्दै यस निर्वाचनले ती विषयलाई जनमतमार्फत पुनःस्थापित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले निर्वाचनलाई नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण घटना ठान्नु पर्ने बताउँदै राजनीतिक अस्थिरता नै विकास र समृद्धिको मुख्य बाधक रहेको बताउनुभयो।

उहाँले समाजमा देखा परिरहेको ‘पपुलिज्म’ (लोकरिझ्याइँ) र ‘एनार्किजम’ (अराजकता) राजनीतिक स्थायित्वका लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। यस निर्वाचनबाट सबै समस्याको समाधान नआए पनि यसले सही बाटो समात्ने र भविष्यमा लोकतन्त्र स्थायित्वको आधार प्राप्त गर्ने उहाँको भनाइ छ।

निर्वाचन परिणामका सन्दर्भमा उहाँले विचारधाराको आधारमा उभिएका नेपालका प्रमुख राजनीतिक दलहरू नै मुख्य शक्तिका रूपमा स्थापित हुने उल्लेख गर्नुभयो। नेपाली जनताले मुलुकलाई अराजकता र विध्वंशतर्फ लैजाने गतिविधिलाई अस्वीकार गर्ने अनुभव भइसकेको उहाँले बताउनुभयो।

महासचिव पोखरेलले दक्षिण एशियाली मुलुकहरू श्रीलंका र बङ्गलादेश को पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन परिणामको उदाहरण दिँदै नेपाली जनताले पनि विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यी देशका जनताले देखाएको सचेतताभन्दा कम सचेत नेपाली जनता नरहेको स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४