Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन आयोग नेपाल: फागुन २१ मा देशभर मौसम सफा रहने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १५ २०८२
  • 1.8K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन देशभर मौसम सफा रहने जनाएको छ।

आयोगले जल तथा मौसम विज्ञान विभागको जानकारी उद्धृत गर्दै मतदानका दिन मौसम अनुकूल रहने बताएको हो। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको दिन मौसमको प्रभावबारे आम चासो रहेकाले विभागसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।

विभागका महानिर्देशकसँगको छलफलपछि आयोगले मतदानको दिन देशभर मौसम सफा रहने निष्कर्ष निकालेको जनाएको छ। विगत ३० वर्षको तथ्यांकमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले हाल एक हप्तासम्मको यथार्थपरक मौसम पूर्वानुमान सार्वजनिक गर्दै आएको छ।

हाल देशका विभिन्न भागमा विशेषगरी सङ्खुवासभा लगायतका हिमाली जिल्लामा छिटपुट हिमपात भइरहेको भए पनि यसले मतदान प्रक्रियामा अवरोध नपुर्‍याउने आयोगको निष्कर्ष छ। संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) मार्फत दिनभर मौसमसम्बन्धी अद्यावधिक जानकारी लिइरहेको पनि प्रवक्ता भट्टराईले बताए।

जमेको हिउँमाथि थपिएको नयाँ हिउँले मतदान केन्द्रसम्म पुग्न मतदातालाई खासै समस्या नपार्ने आकलन गरिएको छ। आयोगले मौसमको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र आकस्मिक परिवर्तन आए आवश्यक तयारी गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४