Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१० लाखसम्म आम्दानीमा कर नलगाउने घोषणा : नेपाली कांग्रेस को कर संरचना सुधार प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ७ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली ले काठमाडौं मा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा एमालेले अघिल्लो कार्यकालमा गरेको र आगामी दिनमा गर्ने योजनाहरूको विस्तृत फेहरिस्त प्रस्तुत गरिएको छ । पार्टीले लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा पूर्वाधार विकासका विभिन्न परियोजना आफू नेतृत्वको सरकारले सम्पन्न गरेको दाबी गरेको छ ।

एमालेले आगामी कार्यकालका लागि तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भ लाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ । रोजगारी सिर्जना, आर्थिक विकास, पूर्वाधार विस्तार, सुशासन र प्रविधि विस्तारलाई घोषणापत्रको केन्द्रमा राखिएको उल्लेख छ ।

यसैबीच, जेनजी आन्दोलनका क्रममा आगजनी तथा क्षति पुगेका राज्यका संरचनाहरू पुनः निर्माण गर्ने काम समयसीमा तोकेर अघि बढाइने एमालेले जनाएको छ । यसमा सिंहदरबार र सर्वोच्च अदालत लगायत संरचना पुनः निर्माण गर्ने योजना समावेश गरिएको छ ।

घोषणापत्रमा एमालेले निर्वाचनलाई नीतिगत र वैचारिक प्रतिस्पर्धाको रूपमा प्रस्तुत गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘यो निर्वाचन पुस्तान्तरणको होइन, देश बनाउने र भत्काउने बीचको जनमत–संग्रह हो । यो राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष हो ।’

एमालेले घोषणापत्र कार्यान्वयनमार्फत तीव्र आर्थिक विकास र स्थायित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा मतदातासँग समर्थन माग्ने रणनीति बनाएको जनाएको छ ।

हेर्नुहोस् एमालेको चुनावी घोषणापत्र–

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४