Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१० लाखसम्म आम्दानीमा कर नलगाउने घोषणा : नेपाली कांग्रेस को कर संरचना सुधार प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ७ २०८२
  • 3.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस ले आफ्नो सरकार बने वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ ।

पार्टी सभापति गगन थापा ले ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहस कार्यक्रममा यस्तो घोषणा गर्नुभएको हो । उहाँले नेपाल लाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउन भाषण मात्रै नभई नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । सोही उद्देश्यले १० लाखसम्मको आम्दानीमा कर नलगाइने नीति ल्याउने घोषणा गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

थापाका अनुसार हाल व्यक्तिगत आयकर अधिकतम ३९ प्रतिशतसम्म रहेको व्यवस्था घटाएर अधिकतम २५ प्रतिशतमा झारिनेछ । यस्तै संस्थागत कर दरलाई २० प्रतिशतमा सीमित गर्ने योजना कांग्रेसले अघि सारेको छ । अन्य करका दरलाई समेत सरलीकरण गर्दै सबैलाई मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा समेट्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा निजी क्षेत्रलाई सीमित व्यक्तिमा केन्द्रित गरेर हेर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले यस्तो सोच तोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भृकुटीमण्डप को चिया पसलदेखि मोबाइल र क्यामरा लिएर काम गर्ने युट्युबरहरू समेत निजी क्षेत्रकै हिस्सा भएको बताउनुभयो ।

कांग्रेसले सरकार बनेको तीन महिनाभित्र नीतिगत सुधारमा ठोस काम सुरु गर्ने प्रतिबद्धता समेत दोहोर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४