Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीद्वारा सञ्चारमाध्यमलाई मत सर्वेक्षण नसार्न आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ५ २०८२
  • 1.9K
    SHARES

काठमाडौं। रामप्रसाद भण्डारी ले निर्वाचन अघि मत सर्वेक्षण गरी नतिजा सार्वजनिक नगर्न सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ।

मंगलबार काठमाडौंमा मतदाता शिक्षा र निर्वाचन प्रचार-प्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय संघ, संस्था तथा कलाकारहरुसँगको छलफल कार्यक्रममा उहाँले मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउने गतिविधि रोक्न आवश्यक भएको जानकारी दिनुभयो।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मत सर्वेक्षण नतिजा सार्वजनिक गर्दा उम्मेदवारलाई हतोत्साही बनाउने र प्रतिष्पर्धाको वातावरणमा खलल पुग्ने भएकाले यस्तो काम नगर्न आग्रह गर्नुभयो। साथै, आर्टिफिसियल एजेन्सीको प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सम्बन्धित पक्षसँग सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

भण्डारीले भन्नुभयो, “प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई धराशायी बनाउन सक्छ। निर्वाचन आचारसंहिता २०८२ अनुसार मतदाताको स्वतन्त्र निर्णयलाई प्रभावित गर्ने काम नगर्न आयोग विनम्र अनुरोध गर्दछ।”

उहाँले हरेकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४