Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाललाई ‘डिजिटल हब’ बनाउने गगन थापाको योजना सार्वजनिक : आईटी क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधार बनाउने लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ४ २०८२
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने विस्तृत कार्ययोजना सार्वजनिक गरेका छन् । भिडियो सन्देशमार्फत उनले आगामी पाँच वर्षभित्र नेपाललाई ‘डिजिटल हब’ बनाउने महत्वाकांक्षी तर व्यावहारिक योजना अघि सारेका हुन् ।

केही वर्षअघि कीर्तिपुरको डाँडाबाट ल्यापटप चलाउँदै महिनाको तीन–चार लाख रुपैयाँ कमाउन सकिने भन्ने आफ्नो अभिव्यक्ति मजाक बनेको स्मरण गर्दै थापाले उक्त भनाइ ठोस सम्भावना र योजनामा आधारित रहेको दाबी गरे । सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके ठूलो आर्थिक अवसर सिर्जना हुने उनको भनाइ छ ।

उनका अनुसार आगामी पाँच वर्षमै नेपालबाट करिब चार खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि तथा डिजिटल सेवा निर्यात गर्न सकिने सम्भावना छ । सरकारले सन् २०२४–२०३४ लाई ‘आईटी दशक’ घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै उनले १० वर्षभित्र ३० खर्ब रुपैयाँ बराबरको निर्यात तथा पाँच लाख प्रत्यक्ष र करिब १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेका छन् ।

थापाले विगतमा अध्यादेशमार्फत भएका केही सुधारले सकारात्मक संकेत दिएको उल्लेख गर्दै ती प्रयास पर्याप्त नभएको बताए । अब दीर्घकालीन, व्यवस्थित र दिगो सुधार आवश्यक रहेको उनको जोड छ ।

नीतिगत तथा कानुनी सुधारमा जोड

उनले ६० वर्ष पुरानो लगानीसम्बन्धी कानुन संशोधन गरेर नेपाली आईटी कम्पनीलाई विदेशमा विस्तार गर्न सहज वातावरण बनाउनुपर्ने बताए । साथै वैदेशिक प्रत्यक्ष लगानीको सीमा हटाएर स्वचालित प्रक्रियाबाट लगानी भित्र्याउने प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए ।

सीप विकास र जनशक्ति उत्पादन

नेपालमा वार्षिक करिब १५ हजार आईटी स्नातक उत्पादन भए पनि बजारको मागअनुसार सीप विकास हुन नसकेको थापाको भनाइ छ । यसका लागि ‘स्टेम’ शिक्षामा लगानी बढाउने, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधुनिक प्रविधिमा दक्ष जनशक्ति तयार गर्ने योजना उनले अघि सारेका छन् ।

फ्रीलान्सिङबाट डिजिटल उत्पादनतर्फ

नेपाल हाल फ्रीलान्सिङ र बीपीओ सेवामा सीमित रहेको भन्दै उनले आफ्नै डिजिटल उत्पादन विकास गरी निर्यात बढाउनुपर्ने धारणा व्यक्त गरे । सरकारी निकायले स्वदेशमै बनेका सफ्टवेयर र प्रविधिलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

ग्रीन डेटा सेन्टर र प्रविधि पूर्वाधार

नेपालको जलविद्युत् सम्भावनालाई उपयोग गर्दै ‘ग्रीन डेटा सेन्टर’ स्थापना गर्न सकिने र एआई तथा क्लाउड कम्प्युटिङ जस्ता ऊर्जा–आधारित सेवाको केन्द्र नेपाल बनाउन सकिने उनले बताए ।

गिग वर्करको सुरक्षा

प्रविधि क्षेत्रमा सक्रिय करिब दुई लाखभन्दा बढी गिग वर्करलाई कानुनी सुरक्षा र सामाजिक सुरक्षाको दायरामा ल्याउन श्रम ऐनमा सुधार आवश्यक रहेको उनले उल्लेख गरे ।

थापाले विगतमा आईटी पार्क वा डेटा सेन्टरका नाममा केवल भवन निर्माण गर्ने प्रवृत्तिको आलोचना गर्दै Software Technology Parks of India जस्तै पूर्ण डिजिटल इकोसिस्टम निर्माण गर्नुपर्ने धारणा राखे । त्यस्तो प्रणालीमा मेन्टरसिप, सिड फन्डिङ र एकद्वार सेवा केन्द्र उपलब्ध हुनुपर्ने उनले बताए ।

“हामीले धेरै भाषण गरिसक्यौँ, अब काम गर्ने बेला आएको छ,” थापाले भने, “आगामी पाँच वर्ष समय खेर नफाली नेपाललाई डिजिटल हब बनाउने दिशामा अघि बढ्नुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४