Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वप्रकाश शर्माः कांग्रेस बदलियो, फागुन २१ मा बहुमत ल्याउने दाबी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ३ २०८२
  • 2.8K
    SHARES

काठमाडौँ । विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका उपसभापतिले प्रतिनिधिसभा निर्वाचनमा पार्टी बहुमत ल्याउने दाबी गरेका छन्।

आइतबार आगन्तुकहरूलाई पार्टीमा भित्र्याउँदै उपसभापति शर्माले देशभर कांग्रेसको पक्षमा माहौल बढ्दै गएको र एक हप्ताभित्रै कांग्रेस बहुमत ल्याउने ठाउँमा पुग्ने बताए। उनले अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने निश्चित देखिएको पनि उल्लेख गरे।

उपसभापति शर्माले भने, “यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्छ।” उनले कांग्रेस जेनजी आन्दोलनपछि नयाँ शक्ति बनेको र परिवर्तन खोज्नेले अहिले बदलिएको कांग्रेसमा विश्वास राख्ने बताए।

शर्माले थपे, “कसैले आफैँलाई बदल्न सक्दैन, तर देश बदल्छु भन्छ भने त्यस्लाई पनि सुनौँला। तर जो आफूलाई बदल्नसक्छ, त्यसले नै देश बदल्छ भन्ने मान्यताबमोजिम नेपाली कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको छ।” फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई जिताउन सम्पूर्ण नेताकार्यकर्ता एकढिक्का भएर लागेको उनले दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४