Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देश बदल्ने योजना र सङ्कल्पसहित कांग्रेस चुनावमा: सभापति गगनकुमार थापा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २ २०८२
  • 3.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेससँग देश रूपान्तरण गर्ने स्पष्ट सोच, दृढ सङ्कल्प र कार्यान्वयनयोग्य योजना रहेको बताएका छन् । सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा मतदातासँग भेटघाट गर्दै उनले विगतका अनुभव र कमीकमजोरीबाट सिक्दै अब ठोस परिणाम दिने गरी पार्टी चुनावमा होमिएको बताएका हुन् ।

सभापति थापाका अनुसार कांग्रेसले विगतमा गर्न नसकिएका कामहरूलाई अब मूर्त रूप दिन स्पष्ट तयारी गरेको छ । उनले दोस्रो विशेष महाधिवेशनपछि कांग्रेसमा नयाँ ऊर्जा, दृष्टिकोण र कार्ययोजना आएको उल्लेख गर्दै आगामी पाँच वर्ष देश विकास र जनजीविकामा सुधार ल्याउने दिशामा केन्द्रित हुने बताए ।

उनले कांग्रेस अहिले अनुभव, योजना र उत्साहसहित अघि बढिरहेको बताउँदै विगतका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे । देशलाई आर्थिक, सामाजिक र संरचनागत रूपमा बलियो बनाउन कांग्रेसले दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउने उनको भनाइ थियो ।

युवालाई स्वदेशमै अवसर दिने प्राथमिकता

सभापति थापाले नेपालमा रोजगारी सिर्जना अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै प्रत्येक वर्ष करिब पाँच लाख रोजगारी आवश्यक रहेको बताए । सरकार एक्लैले यो लक्ष्य हासिल गर्न नसक्ने भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, लगानीमैत्री वातावरण बनाउने र स्पष्ट नीति–नियममार्फत आर्थिक गतिविधि बढाउने योजना कांग्रेसको रहेको बताए ।

सूचना प्रविधि क्षेत्र नेपालको सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै उनले दक्ष जनशक्ति उत्पादन, विदेशी लगानी आकर्षण तथा उद्यमशीलता प्रवर्द्धनमार्फत युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्य राखिएको बताए । सहयोगी सरकारी वातावरण भए विश्वका लगानीकर्ताले नेपाललाई प्राथमिकतामा राख्ने उनको विश्वास थियो ।

शिक्षा, स्वास्थ्य र उद्यमशीलतामा प्राथमिक काम

सर्लाही–४ क्षेत्रमा आगामी एक वर्षभित्र शिक्षा, स्वास्थ्य र उद्यमशीलता विकासमा विशेष पहल गर्ने प्रतिबद्धता उनले जनाएका छन् । आफ्नो अनुभव, ज्ञान र अन्तर्राष्ट्रिय नेटवर्क प्रयोग गरी स्थानीय समस्या समाधानमा सक्रिय भूमिका खेल्ने उनको भनाइ थियो ।

स्थानीय विकास, रोजगारी सिर्जना र सामाजिक सेवामा सुधार ल्याएर जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित आफू अघि बढ्ने उनले बताएका छन् ।

अन्य दलका नेताहरू कांग्रेसमा प्रवेश

यसैबीच, सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत बलरा नगरपालिका–९ अचलगढमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता–कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । संविधान सभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीसहित केही नेताहरू कांग्रेसमा आबद्ध भएका हुन् ।

त्यसैगरी विभिन्न राजनीतिक दलबाट सम्बन्ध तोडेर आएका नेता–कार्यकर्तालाई सभापति थापाले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा उनले आफू यस क्षेत्रको पारिवारिक सदस्यका रूपमा सम्बन्ध विस्तार गरिरहेको उल्लेख गर्दै मतदाताबाट पाएको विश्वास र माया कुनै हालतमा खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।

सभापति थापाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक सद्भावका लागि कांग्रेसले स्पष्ट योजना बनाएर अघि बढिरहेको दाबी गर्दै आगामी निर्वाचनमार्फत देशमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४