Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिमी वायुको प्रभाव : देशभर आंशिक बदली, उच्च भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २ २०८२
  • 2.9K
    SHARES

काठमाडौं । हाल नेपाल मा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसका कारण देशभर आंशिक बदलीको अवस्था रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।

तराई भू-भागमा मुख्यतया मौसम सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। त्यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४