Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेमको प्रतीक सन्त भ्यालेन्टाइनको सम्झनामा आज विश्वभर प्रणय दिवस मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २ २०८२
  • 1.3K
    SHARES

काठमाडौँ । हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइने गरिन्छ। पछिल्लो समय यो दिवस विश्वव्यापी रूपमा लोकप्रिय पर्वका रूपमा स्थापित भइसकेको छ। नेपालमा पनि विशेषगरी युवायुवतीले उत्साहका साथ यो दिवस मनाउने गरेका छन्।

इतिहास अनुसार प्रणय दिवस प्रेमका पक्षधर मानिने Saint Valentine सँग सम्बन्धित छ। तेस्रो शताब्दीमा Rome मा शासन गर्ने Claudius II Gothicus ले सैनिक तथा अधिकारीलाई विवाह गर्न रोक लगाएका थिए। विवाहले पुरुषको शक्ति र बुद्धिमा असर पर्ने उनको विश्वास थियो।

तर उक्त निर्णयको विरोध गर्दै सन्त भ्यालेन्टाइनले गोप्य रूपमा सैनिक र अधिकारीहरूको विवाह गराइदिएको बताइन्छ। यस कार्यबाट आक्रोशित शासकले सन् २६९ को फेब्रुअरी १४ मा उनलाई मृत्युदण्ड दिएको विश्वास गरिन्छ। मृत्युदण्डअघि उनले जेलरकी दृष्टिविहीन छोरीका नाममा ‘From your Valentine’ लेखिएको प्रेमपत्र पठाएको कथन पनि प्रचलित छ।

आजको दिन प्रेमी–प्रेमिकाबीच फूल, कार्ड, चकलेट लगायतका उपहार आदानप्रदान गर्ने चलन रहेको छ। साथै आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा समेत यो दिवसलाई लिने गरिएको छ।

यसैबीच पछिल्लो समय फेब्रुअरी ७ देखि १४ सम्म सप्ताहव्यापी रूपमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे हुँदै भ्यालेन्टाइन डे मनाउने चलन बढ्दै गएको छ। नेपालका सहरहरू, विशेषगरी काठमाडौं मा पनि यो दिवसको प्रभाव देखिने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४