Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युनेस्को को अगुवाइमा विश्व रेडियो दिवस मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १ २०८२
  • 2.8K
    SHARES

काठमाडौं । काठमाडौं सहित नेपाल मा आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विश्व रेडियो दिवस सन् २०१२ देखि युनेस्कोको अगुवाइमा मनाउन थालिएको हो। सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ। युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नु, निर्णयकर्ताहरूलाई सूचनामा पहुँच सुनिश्चित गर्नु, रेडियोको प्रयोग प्रवर्द्धन गर्नु तथा विश्वभरका प्रसारकबीच सहकार्य सुदृढ गर्नु यस दिवसको मुख्य उद्देश्य हो।

रेडियो मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने प्रभावकारी माध्यमका रूपमा स्थापित छ। लोकतान्त्रिक संवाद प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा समेत रेडियोको भूमिका रहेको छ। विश्वभर अझै पनि सबैभन्दा बढी सुनिने सञ्चार माध्यमका रूपमा रेडियोलाई लिइन्छ। यसले समाजमा विविधताको अनुभूति निर्माण गर्न, सबै आवाजलाई बोल्ने र सुन्ने अवसर प्रदान गर्न सार्वजनिक चौतारीको भूमिका खेल्दै आएको छ।

रेडियो स्टेशनहरूले विविध समुदायलाई सेवा दिँदै फरक–फरक कार्यक्रम, दृष्टिकोण र सामग्री प्रस्तुत गर्नुपर्ने तथा आफ्ना संरचना र सञ्चालनमा पनि श्रोताको विविधता झल्किनुपर्नेमा युनेस्कोले जोड दिएको छ। कम लागतमा सञ्चालन गर्न सकिने भएकाले रेडियो दुर्गम क्षेत्र तथा जोखिममा रहेका समुदायसम्म पुग्न उपयुक्त माध्यम मानिन्छ। आपतकालीन सूचना प्रवाह र विपद् व्यवस्थापनमा पनि रेडियोको भूमिका महत्वपूर्ण रहेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक श्रीराम पौडेल ले रेडियोले समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि संवाद प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। उहाँका अनुसार श्रोताको आवश्यकता अनुसार सामग्री प्रस्तुत गर्दा साझा चुनौती समाधानका लागि आवश्यक विविध दृष्टिकोण र आवाज सुनिश्चित गर्न रेडियो सेवाले सहयोग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४