Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न यातायात व्यवसायी महासङ्घको माग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २९ २०८२
  • 1.1K
    SHARES

काठमाडौँ – देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पछिल्ला सडक दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ। महासङ्घका कार्यवाहक महासचिव पुरुषोत्तम सिङ्खडाले आज जारी गरेको विज्ञप्तिमा पछिल्लो एक सातामै भएका दुई ठूला दुर्घटनाले दर्जनौँको ज्यान गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।

विज्ञप्तिअनुसार माघ २७ गते काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको पूर्व अरनिको यातायातको बस रामेछापमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने माघ २२ गते बैतडीको पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको थियो। यी दुर्घटनामा अन्य दर्जनौँ यात्रु घाइते भएका थिए।

महासङ्घले दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, दुर्घटनापछि राहत, उद्धार तथा उपचार व्यवस्थालाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरिएको छ।

महासङ्घले सडक दुर्घटना न्यूनीकरणका लागि सिट क्षमताभन्दा बढी यात्रु नराख्न, टिकट काट्दा यात्रुको पहिचान खुल्ने प्रमाण, नाम र सम्पर्क नम्बर अनिवार्य राख्न तथा दैनिक रेकर्ड अद्यावधिक गर्न यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हिमाल, पहाड र तराईका ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दा कसैको प्रलोभनमा नपरी सिट क्षमताभित्र मात्रै यात्रु राखी सुरक्षित सेवा सञ्चालन गर्न महासङ्घले विशेष अनुरोध गरेको छ।

त्यसैगरी, विगतमा सरकारले गठन गरेको सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनलगायत सडक दुर्घटना छानबिन प्रतिवेदनहरू कार्यान्वयन नभएको भन्दै महासङ्घले चिन्ता व्यक्त गरेको छ। यस्ता प्रतिवेदन लागू नहुँदा सडक दुर्घटनाको जोखिम झन् बढ्दै गएको भन्दै तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ।

महासङ्घले दीर्घकालीन रूपमा सडक सुरक्षा सुधार, चालक तथा सवारी व्यवस्थापनमा कडाइ, पूर्वाधार सुधार र नीति कार्यान्वयनमा प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएको छ। सडक सुरक्षालाई प्राथमिकतामा राख्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने महासङ्घको निष्कर्ष छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४