Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवलपरासी प्रशासनद्वारा रवि लामिछानेको कार्यक्रममा निगरानी : निर्वाचन आचार संहिता पालनामा जोड


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २८ २०८२
  • 1.8K
    SHARES

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रशासनले राजनीतिक दलका गतिविधिमाथि निगरानी बढाएको छ । यसै क्रममा प्रशासनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन हुन सक्ने भन्दै सचेत गराएको छ ।

रास्वपाले आज जिल्लामा आयोजना गर्न लागेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ लक्षित गर्दै प्रशासनले सूचना जारी गरेको हो । सो सूचनामा राजनीतिक दललाई निर्वाचन आचारसंहिताको सीमा भित्र रहेर मात्र कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीद्वारा हस्ताक्षरित पत्रमा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले गत माघ १४ गतेदेखि देशभर निर्वाचन आचारसंहिता २०८२ लागू गरिसकेको सन्दर्भमा राजनीतिक दलहरूलाई नियम पालना गराउन प्रशासन सक्रिय देखिएको छ ।

जारी सूचनामा भनिएको छ, “२०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा हुने भनिएको कार्यक्रमबारे जानकारी प्राप्त भएको छ । सो कार्यक्रममा निर्वाचन आचारसंहिता २०८२ विपरीत हुने कुनै पनि गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई सूचित गरिन्छ।”

प्रशासनले आचारसंहिता उल्लङ्घन भए कानूनी कारबाही समेत हुन सक्ने चेतावनी दिएको छ । यस कदमले निर्वाचनअघि राजनीतिक दलहरूको गतिविधिमा पारदर्शिता र नियन्त्रण कायम गर्न प्रशासनको तयारी झल्काएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४