Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले आव २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २७ २०८२
  • 1.3K
    SHARES

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको हो। नेपाल सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने भएकाले सो निर्णय गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि तथ्यांक संकलन गर्ने आदेश पनि स्वीकृत गरेको छ। गृहमन्त्री अर्यालले बैठकका निर्णय सार्वजनिक गर्दै सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा आर्थिक गणनासम्बन्धी तयारी अघि बढाउने निर्णय भएको बताउनुभयो।

संवैधानिक प्रावधानअनुसार सरकारले आफ्नो वार्षिक कार्यसम्पादन, नीतिगत प्रगति र आर्थिक अवस्थाबारेको प्रतिवेदन हरेक वर्ष राष्ट्रपतिसमक्ष पेश गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४