Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न, सुशासन अभियान अझै सान्दर्भिक रहेको निष्कर्ष


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २७ २०८२
  • 1.4K
    SHARES

बाँके । २०८२ माघ २३ गते बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला बाँकेस्थित बास नेपालको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। विगतमा सुशासन प्रवर्द्धनका लागि सक्रिय रहेका क्लबका पूर्व अध्यक्षहरूलाई एकै ठाउँमा ल्याई अनुभव आदान–प्रदान तथा योगदानको समीक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको सञ्चालन असल शासन क्लब जिल्ला समन्वय समिति बाँकेका संस्थापक अध्यक्ष तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए। भेलामा सहभागी पूर्व अध्यक्षहरूले क्लबमार्फत गरेका गतिविधि, सुशासन अभियानका उपलब्धि तथा सामाजिक परिवर्तनमा परेको प्रभावबारे अनुभव साझा गरेका थिए।

प्रो पब्लिकको असल शासन कार्यक्रमअन्तर्गत २०५६ सालदेखि २०६५ सालसम्म बाँके जिल्लाका साविक गाविस तथा नगरपालिकामा ६२ वटा असल शासन क्लब सक्रिय रहेको जानकारी दिइयो। हाल बास नेपालबाहेक अधिकांश क्लब निष्क्रिय अवस्थामा रहे पनि विगतमा ती क्लबहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउने, सार्वजनिक सुनुवाइ सञ्चालन गर्ने तथा नागरिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान दिएको सहभागीहरूले स्मरण गरे।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक नमस्कार शाहले झण्डै २५ वर्षअघि उठाइएको सुशासनको एजेन्डा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले असल शासन क्लबहरूले नागरिक सहभागिता बढाउने, पारदर्शिता प्रवर्द्धन गर्ने तथा जिम्मेवार शासन प्रणाली स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख तथा बास नेपालकी पूर्व केन्द्रीय उपाध्यक्ष उमा थापा मगरले असल शासन क्लबमार्फत समाजका लागि गरिएको योगदान सम्झँदा गर्व लाग्ने बताइन्। उनले आफ्नो नेतृत्व क्षमता र व्यक्तित्व विकासमा क्लबको भूमिका उल्लेखनीय रहेको धारणा व्यक्त गरिन्।

त्यसैगरी फुल्टेक्रा असल शासन क्लबका पूर्व अध्यक्ष तथा पत्रकार चन्द्रेश्वरराज त्रिपाठीले क्लबहरूले उठाएका एजेन्डा अझै सान्दर्भिक रहेको बताए। हरियाली असल शासन क्लब गंगापुरका पूर्व अध्यक्ष तथा रेडक्रसकर्मी प्रहलाद विश्वकर्माले राप्तीपारी क्षेत्रमा क्लब गठन गरी भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि सफल अनुभव भएको सुनाए।

कार्यक्रममा सभ्य समाज असल शासन क्लब कम्दिका पूर्व अध्यक्ष सूर्यलाल यादव, असल शासन जिल्ला समन्वय समिति बाँकेका पूर्व अध्यक्ष डा. तिलक बहादुर केसी, सम्झना असल शासन क्लब बनकटवाका पूर्व अध्यक्ष बिरेन्द्र शाही, जीवन असल शासन क्लब खजुराका पूर्व अध्यक्ष झविलाल शर्मा तथा जनमुखी असल शासन क्लब नौबस्ताका पूर्व अध्यक्ष तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरिञ्जिवी ओलीले पनि आफ्नो अनुभव राखेका थिए। उनीहरूले क्लबमार्फत क्षमता अभिवृद्धि, भ्रष्टाचारविरुद्ध सशक्त अभियान तथा सार्वजनिक सुनुवाइको संस्थागत सुरुवात भएको उल्लेख गरे।

२० भन्दा बढी सुशासन अभियन्ताको सहभागिता रहेको कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले गरेका थिए। उनले सुशासन अभियानलाई निरन्तरता दिन विगतका अनुभवलाई आधार बनाएर नयाँ पुस्तालाई जोड्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४