Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको मेघालयमा कोइलाखानी विस्फोटमा खोटाङका तीन युवकको मृत्यु, एक बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २७ २०८२
  • 1.7K
    SHARES

काठमाडौँ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा भएको विस्फोटका घटनामा खोटाङका तीन युवकले ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता रहेका छन्। घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ।

मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालन हुँदै आएको अवैध कोइलाखानीमा यही माघ २२ गते विस्फोट भएको थियो। विस्फोटमा परेर बरापोखरी गाउँपालिका–१ सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको छ।

अझै एक जना बेपत्ता भएका छन्। उनी हुन् हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई, जसको अवस्था कोइलाखानीभित्र जलेर नचिनिने अवस्थामा भएको हुनसक्ने अनुमान गरिएको छ। भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र प्रवेश गर्दा विस्फोट भएको खबर आएको थियो।

विस्फोटमा परेका अन्य गम्भीर घाइतेहरूमा बरापोखरी–१ सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर, र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर रहेका छन्। उनीहरूको उपचार मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ।

घटनाका दिन नै ज्यान गुमाएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको पुष्टि भएको छ। मृतकका आफन्तका अनुसार उद्धार टोलीले भेटेका शव आगोले जलेको कारण पहिचान गर्न कठिन भएको बताइएको छ।

विष्फोटमा परेका रत्न राईको नागरिकता, डायरी र मोबाइल कोठाभित्रै भेटिएको छ। रत्न रोजगारीको सिलसिलामा गत असोज ९ गते मेघालय पुगेका थिए। मृतकका परिवारले शव स्वदेश ल्याउन तीन दिन लाग्ने र घाइतेको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरिएको जनाएका छन्।

स्थानीयवासी तथा मृतकका आफन्तले सहयोगका लागि आह्वान गर्दै भनेका छन् कि विस्फोटले खोटाङ समुदायमा गहिरो शोक र क्षति पुगेको छ। भारतस्थित सरकारी निकायसँग समन्वय गरी स्वदेशमा शव ल्याउने प्रक्रिया अघि बढाइएको छ।

घटना अवैध कोइलाखानीको जोखिम र सुरक्षा सतर्कता अभावको सङ्केत भएको बताइएको छ। यस किसिमका विस्फोटले श्रमिक सुरक्षा, वैदेशिक रोजगारी, र परिवारमा आर्थिक तथा सामाजिक संकट निम्त्याउन सक्ने विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४