Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा निर्वाचन : प्रमुख दलबीच चुनावी तालमेल प्रयास असफल, एमाले, कांग्रेस र नेकपा आ–आफ्नै बलमा मैदानमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २६ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दलहरूबीच चुनावी तालमेल गर्ने प्रयास असफल भएको छ। पछिल्लो केही समयदेखि अनौपचारिक रूपमा भइरहेका गठबन्धन प्रयास निष्कर्षमा पुग्न नसकेपछि दलहरूले आ–आफ्नै बलमा निर्वाचनमा सहभागी हुने तयारी गरेका छन्।

नेकपा एमालेले नेपाली कांग्रेस र नेकपासँग निश्चित निर्वाचन क्षेत्रहरूमा तालमेलका लागि प्रस्ताव राखेको थियो, तर दुवै दलले अस्वीकार गरेका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र नेकपासँग चुनावी सहकार्यका लागि सक्रियता देखाएका थिए। तर कांग्रेस नेतृत्व र नेकपाका दोस्रो तहका नेताहरूको असहमतिका कारण योजना सफल हुन सकेन।

विशेष गरी कांग्रेस सभापति गगन थापाले निर्वाचनपूर्व कुनै दलसँग गठबन्धन नगर्ने नीतिलाई कडाइका साथ लागू गर्दै आफ्नै बलबुतामा उम्मेदवार दिने स्पष्ट निर्णय गरेका छन्।

एमाले र नेकपाबीच केही क्षेत्रहरूमा तालमेलको प्रयास भएको थियो। एमाले अध्यक्ष ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग झापा-५ र दाङ-२ मा सहयोग प्रस्ताव गरेका थिए। प्रचण्ड सुरुमा केही लचिलो देखिए पनि माधवकुमार नेपाल, भीम रावल र झलनाथ खनाल लगायतका नेताहरूले प्रस्ताव अस्वीकार गरे। बिहीबारको जुम बैठकमा प्रचण्डले एमालेसँग तालमेल गर्दा ओली मात्र शक्तिशाली हुने र नेकपालाई घाटा हुने निष्कर्षमा पुगेको बताएका छन्।

गठबन्धन असफल भएपछि एमाले केही दबाबमा परेको छ, यद्यपि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग भने चुनावी सहकार्यको सहमति भइसकेको छ। एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले देश जलाउनेका विरुद्ध उभिने शक्तिहरूसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताए।

यसैबीच, एमाले अध्यक्ष ओलीले आफ्नो गृहजिल्ला झापा-५ मा चुनावी प्रचार सुरु गरेका छन्। शनिबारदेखि उनले घरदैलो अभियान तीव्र पारेका छन्। झापा-५ मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह र नेकपाका रञ्जित तामाङले चुनौती दिइरहेका छन्।

यो पटकको निर्वाचनमा प्रमुख दलहरूले आ–आफ्नै बलमा मैदान उत्रिने भएकाले प्रतिस्पर्धा रोचक हुने देखिएको छ। तालमेलको बाटो बन्द भएपछि सबै दलहरू आन्तरिक संगठन परिचालन र घरदैलो अभियानमा केन्द्रित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४